१३ पुष २०७४, बिहीबार

शहरी विकास मन्त्रालयले नयाँ नगरपालिकाहरुको एकीकृत शहरी विकास योजना तयार गर्ने कामलाई तीव्रता दिएको छ । मन्त्रालयले ७ वटै प्रदेशलाई समेट्ने गरी १ सय ८५ नगरपालिकाहरुको एकीकृत विकास योजना तयार पार्ने कामलाई तीब्रता दिएको हो ।

शहरी विकास मन्त्रालयले एकीकृत शहरी विकास योजना अनुरुप पहिलो चरणमा ९० वटा नगरपालिकाहरुको आशयपत्र मूल्याङ्कनको काम सम्पन्न गर्न लागेको छ ।

त्यस्तै दोस्रो चरणमा हुने ९५ वटा नगरपालिकाको आशयपत्र मुल्याङ्कनको काम पनि अघि बढेको मन्त्रालयले जानकारी दिएको छ । दुई चरणमध्ये पहिलो चरणमा ९० वटा नगरपालिकाको ५ प्याकेज र दोस्रो चरणमा ९५ वटा नगरपालिकाको ७ प्याकेजमा सूचना प्रकाशित भई सोही अनुरुप आशयपत्र प्राप्त भएको मन्त्रालयका प्रवक्ता शम्भु केशीले जानकारी दिनुभयो ।

शहरी विकास तथा भवन निर्माण विभागको डिभिजन कार्यलय मार्फत हालसम्म १२ हजार १ सय ९९ जनता आवास इकाई गठन भएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला बाहेक अन्य जिल्लामा ४६ हजार आवास इकाइ निर्माण गर्ने काम भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले २१ हजार ३ सय ६० आवास इकाई निर्माण गर्न तथा थप २५ हजार आवास इकाईको दोस्रो किस्तासम्म भुक्तानी गर्नलाई ८ अर्ब ४४ करोड १६ लाख ९१ हजार रुपैयाँ आवश्यक पर्ने जनाएको छ ।

चालू आर्थिक वर्षमा आवास इकाई निर्माण कार्य सम्पन्न ६ अर्ब ४४ करोड ५ लाख ६५ हजार रुपैयाँ रकम आवश्यक छ । तर, अर्थ मन्त्रालयले उत्त रकम प्रदान नगरेको शहरी विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV