१३ पुष २०७४, बिहीबार

काबुल  । अफगानिस्तानको काबुलमा आत्मघाती वम विस्फोट हुँदा ४० जनाको मृत्यु भएको र अन्य ३० जना घाइते भएका छन् ।

काबुलस्थित सिया मुसलमानहरुको सांस्कृतिक तथा धार्मिक संस्था नजिकै विस्फोट गराइएको बीबीसीले जनाएको छ । विस्फोटको जिम्मा अहिलेसम्म कसैले नलिए पनि इस्लामिक लडाकु संगठन आइएसले विस्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ ।

तालिवानले घटनामा आफ्नो संलग्नता नरहेको भन्दै विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।

एक सरकारी अधिकारीका अनुसार तबायन सांस्कृतिक केन्दैलाई लक्षित गरी विस्फोट गराइएको हो । त्यहाँ कार्यक्रम हुँदै गर्दा विस्फोट भएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV