१३ पुष २०७४, बिहीबार

काठमाडौं । राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेट इपिएलमा अम्पायरलाई खराव व्यवहार देखाएका कारण आरिफ शेखले जरिवाना तिर्नुपर्ने भएको छ ।

बिहीबार ललितपुर प्याट्रियोट्ससँगको खेलमा रेफ्रीको निर्णयविरुद्ध खराब व्यवहार देखाएका भैरहवाका ब्याट्सम्यान आरिफ शेखलाई पारिश्रमिकबाट ५० प्रतिशत जरिवाना तिराइने भएको छ ।

ललितपुरले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाका खेलाडी आरिफ शेखलाई रेफ्री मोहम्मद सफिकले एलबिडब्ल्यू आउट दिएपछि आरिफले ब्याट पछारेर आपत्ति जनाएका थिए । आरिफ ६ बलमा ६ रन बनाएर आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV