१३ पुष २०७४, बिहीबार
  • दीपक भट्ट,

रामेछाप । अत्याधिक मात्रामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेको अवस्थामा डिउटीमा खटिएका ट्राफिक प्रहरीले वडाध्यक्षलाई पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा रामेछाप नगरपालिका वडा नं १ गोठगाउँका वडा अध्यक्ष नरवहादुर क्षेत्री रहेका छन् । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेको अवस्थामा चेकजाँच गर्दा अध्यक्ष क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई एकरात हिरासतमा राखी अब उप्रान्त मादक पदार्थ सेवन गरी सवारी नचलाउने शर्तमा एक हजार रुपैयाँ जरिवाना गरी विहीबार छाडिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

 

LIVE TV