१३ पुष २०७४, बिहीबार

काठमाडौं । अंग्रेजी नयाँ बर्ष आउन मात्र चार दिन बाँकी रहेको छ । २०१७ ले विदाई गर्दै गर्दा सन् २०१८ को आगमनले विभिन्न उत्साह पनि थपिरहेको छ । यसैक्रममा २०१८को आगमन हुँदै गर्दा २०१७ मा बलिउडमा इन्ट्रि गर्ने वन नायिकाहरुको बारेमा चर्चा गरिएको छ ।

सन् २०१७ मा बलिउड डेब्यु गर्ने नयाँ अनुहारहरुमा कुन कति हिट र फ्लप ?

१. अदनान सिद्दीकीः पाकिस्तानी अभिनेता अदनन सिद्दीकीले श्रीदेवीको फिल्म ‘मम’बाट बलिउड डेब्यु गरे । फिल्ममा उनले गरेको अभिनयलाई दर्शकले औधी रुचाए ।

२. मुस्तफा अब्बासः प्रदर्शनअघि नै चर्चा बटुलेको फिल्म ‘मशीन’ मज्जाले फ्लप भयो । फिल्म हिरोको कारण फ्लप भएको निष्कर्ष निकालियो । यसै फिल्मबाट निर्देशक अब्बस पुत्र मुस्तफा अब्बासले बलिउड डेब्यु गरेका थिए ।

३. कनन गिलः कनन गिलले आफ्नो बलिउड डेब्यु सोनाक्षी सिन्हाको फिल्म ‘नूर’बाट गरे । यस फिल्ममा कननले सोनाक्षीको साथीको भूमिका निर्वाह गरे । उनी एक स्ट्यान्डअप कमेडियन हुन् । समग्रमा फिल्म राम्रै बन्यो ।

४. माहिरा खानः फिल्म ‘रईस’मा पाकस्तिानी महिरा खानले किङ खान शाहरुखसँग अभिनय गरिन् । तर, फिल्म चलेन । तर, माहिरा चलिन ।

५. सबा कमरः फिल्म हिन्दी मीडियमबाट सबा कमरले बलिउडमा धमेदार डेब्यु गरिन्, । यसमा उनले इरफान खानसँग स्क्रिन शेयर गरेकी थिइन् । फिल्मको कथा एकदमै उत्कृष्ट भएर पनि बक्स अफिसमा भने कमाल गरेन ।

६.आदर जैनः यशराज फिल्म्स्को ब्यानरमा काम गर्न पाए पनि आदर जैनले जादु देखाउन सकेनन् । उनले डेब्यु गरेको फिल्म ‘कैदी बैंड’ चलेन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV