१३ पुष २०७४, बिहीबार
  • कबिन्द्र सेर्मा,

पाँचथर । नेपाल मात्र यस्तो देश हो जहाँ खेलाडीहरु धुले मैदानमा रमाउन बाध्य छन् । बेलायत, जापान, चीन, अमेरिका लगायतका विकसित मुलुकका खेलाडीको निम्ति आकर्षक खेलमैदान अनिबार्य हुन्छ । तर नेपाल जस्तो मुलुकका खेलाडी भने अझै कष्टपूर्ण मैदानमा फुटबल खेल्न वाध्य छन् ।

नेपालमा फुटवल प्रतियोगिता अवलोकन गर्न सजिलोका निम्ति बाँसको प्याराफिट निर्माण गरेर भएपनि दर्शकलाई भरपूर मनोरञ्जन दिने गरिन्छ । मापडण्ड अनुसारको रंगशाला नहँुदा नेपाली खेलाडीले भनेजस्तो प्रगति गर्न सकेका छैनन् ।

खेलप्रेमीहरु साँगुरो खेलमैदानमा लाखौं रुपैंयाँ खर्च गरेर बाँसको अस्थायी प्याराफिट निर्माण गरेरै भएपनि फुटवल प्रतियोगिता संंचालन गर्नुपरेका आयोजकहरुको भनाई छ । गाँउघरमा बनेका हिलाम्मे, धुलाम्मे र ढुङ्गासहितको मैदानमा जोखिमपूर्ण फुटबल खेल्न नेपालि खेलाडी बाँध्य छन् । पाँचथरमा यो समस्या निरन्तर हुने गरेको छ ।

व्यवसायिक खेलाडी उत्पादनका लागि गाँउघरमा बार्षिक एक दर्जनभन्दा बढी फुटबल खेल आयोजना हुने गरेका छन् । हालै निर्वाचित प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिहरुले पाँचथरमा आधुनिक र व्यवस्थित रङ्गशाला निर्माणमा पहल गरी बाँसको प्याराफिट र धुले मैदान विस्थापन गर्न जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV