१३ पुष २०७४, बिहीबार
  • सुवास गौतम,

बागलुङ । शुक्रबार देखि शुरु हुने पाँचौं बागलुङ महोत्सवको सबै तयारी पूरा भएको मेला आयोजक बागलुङ उद्योग वाणिज्य संघले जनाएको छ ।

कला संस्कृतिको संरक्षण कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्धन भन्ने मुल नारका साथ शुरु हुन गइरहेको प्रदेश नम्बर ४ स्तरीय बागलुङ महोत्सवको तयारी पूरा गरिएको हो ।

महोत्सवको पूर्वसन्ध्यामा बुधवार बागलुङ बजार सरसफाइ समेत गरिएको छ । बागलुङ बजारका चोकचोकमा स्वागत गेट, तुल व्यानर राखिएको छ भने महोत्सव हुने स्थान धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणको तयरी पूरा भएको आयोजकले बताएको छ । पुस १४ देखि २३ गतेसम्म सञ्चालन हुने महोत्सव उद्घाटनका लागि आवश्यक तयारी पूरा भएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयरम भारीले जानकारी दिनुभयो ।

एक सातासम्म चल्ने महोत्सवमा दुईलाख दर्शक भित्रयाउने तथा ५० करोडका आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको छ । महोत्सवका लागि भौतिक संरचना निर्माणका काम सकिएको छ भने एक सय ८२ वटा स्टल बुकिङ भैसकेको छ । स्थान अभावका कारण अब स्टल बुकिङको कार्यक्रम रोकिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV