१३ पुष २०७४, बिहीबार

लहान । सिराहामा हात्तिको विभिन्न खालको आतङ्कले स्थाथियलाई सास्ती भोग्न बाध्य भएका छ । केही दिन अघिदेखि गाँउ पसेको जंगली हात्तीले ल्लिाको बिभिन्न गाउँमा गाउँमा पसेर घर भत्काउने देखि बाली नाली नष्ट गर्ने गरेपछि स्थानियलाई सास्ती भएको हो ।

गएराती सिरहाको गोलबजार नगरपालिका ३ गोला मुक्सारमा जंगली हात्तीले स्थानीय बलराम थापाका तीनवटा घर भत्काएको छ । हात्तीले घर भत्काएपछि स्थानीयवासीहरु रातभर टायर गुईंठा र पराल बालेर बसेको गोला मुक्सारका स्थानीय सजित खड्गीले बताए ।

जंगली हात्ती गाउँ पसेपछि स्थानीय वासी नसुती रातभर जाग्राम बस्ने र हात्ती धपाउने गरेको खड्गीले बताए ।

यता हिजो राती सिरहाको लहान नगरपालिका  १५ ढोड्नामा पनि जंगली हात्ती बस्तीमा छिरेर आतङ्क मच्चाउँदा स्थानीय ३ जनाको घर भत्काएको थियो ।

ढोड्नाका स्थानीय शिव शंकर सदाय, देबिन सदाय र सियाराम सदायको घर जंगली हात्तीले भत्काएपछि उनीहरुको परिवार चिसो शीत लहरीमा कठाङ्ग्रिएर खुल्ला आकाश मुनी बस्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV