१३ पुष २०७४, बिहीबार
  • ज्योति कुमार पन्थी,

बर्दिया  । नेपाल सरकारले बाढी र भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचना निर्माण गर्नका लागि करौडौ रुपैयाँको बजेट बिनियोजन गर्ने गरेको छ ।

त्यो बजेटमा पनि पहुँचवालाहरुको आखा लाग्न थाले पछि बाढीबाट क्षति भएका बर्दियाको ग्रामीण भेगका भौतिक संरचना चार बर्ष पुगि सक्दा पनि पुनर्निर्माण हुन सकेको छैन् । यस्ले बर्दियामा पुहँुचवाला नेताहरु नभएको वा भएर पनि काम नगरेको भन्ने पुष्टि भएको छ ।

बर्दिया जिल्लाको मधुवन नगरपालिका र बारबर्दिया नगरपालिका जोडने बबई नदीमा निर्माण गरिएको झोलुगेपुल बाढीबाट क्षति भएको चार बर्ष पुगि सक्दा पनी पर्नु निर्माण हुन नसक्दा त्यस क्षेत्रका एक लाख भन्दा बढी मानिसहरु अहिले जोखिमपूर्ण यात्रा गर्न विवश छन ।

मधुवन नगरपालिका र बार बर्दिया नगरपालिका जोडने बबई नदीमा लाखौ रुपैया खर्चिएर निर्माण गरिएको झुोलुगे पुल निर्माण सम्पन्न नहुँदै बगाए पछि अहिले स्थानियलाई सदरमुकाम गुलरिया र मधुवनको लालीबजार आउँन समेत कठिनाई परेको मधुवन नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष बिजय रानाले बताउँनु हुन्छ ।

बर्दियाको दुई नगरपालिका जोडनका लागि बबई नदीमाा निर्माण गरिएको पुल स्थानिय बासिन्दालाई राजमार्ग आवत जावत गर्ने छोटो सडकमा पर्ने भएकाले पनि यसको आफनै महत्व रहेको छ । सरकराले बाढीबाट क्षतिग्रस्त भौतिक संरचना निर्माण गर्न अर्वौ रुपिया खर्च गर्दा समेत यो पुल सरकारको प्राथमिकतामा नपर्नु दुःखद भएको मधुवन नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज न्यौपानेको भनाई छ ।

सयौ स्थानीयहरु दैनिक जसो डुँगा चडेर नदीमा यात्रा गर्ने भएकाले तत्काल पुल निर्माणमा प्रथामिकता दिनु पर्ने मधुवन नगरपालिकाका प्रमुख कृष्ण केसीले बताउँनु भयो ।

बाढीले पुल बगाएको बर्षौ बिते पनि पुल बन्न नसक्दा बर्दियाका स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । तसर्थ तत्काल पुल निर्माण गरी स्थानीयको दैनिकीलाई सहज बनाउ आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV