१३ पुष २०७४, बिहीबार

काठमाडौं । समानुपातिकतर्फ विवेकशिल साझा पार्टीले तीन सांसद चयन गरेको छ। बुधबार बसेको बैठकले प्रदेश नम्बर ३ को समानुपातिकतर्फ प्राप्त तीन सिटमा सांसद चयन गरेको हो । रमेश पौड्याल, शोभा शाक्य र बिराज भक्त श्रेष्ठको नाम बिहिबार निर्वाचन आयोगमा पठाइएको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले बताए ।

विवेकशील साझा पार्टीले प्रदेश ३ को प्रदेशसभामा चौथो ठुलो पार्टी बनेको छ। ३ नम्बर प्रदेशमा सो पार्टीले समानुपातिक तर्फ १ लाख २४ हजार ४ सय ४२ मत प्राप्त गरेको थियो ।

१.विराज भक्त श्रेष्ठ

काठमाडौँको इन्द्रचोकमा जन्मिएका विराज भक्त श्रेष्ठ पार्टीका केन्द्रीय सदस्य हुन्। विद्यालयस्तरमा रेडक्रसको अध्यक्ष बनेका श्रेष्ठ अहिले पनि सम्पदा संरक्षण लगायत विभिन्न सामाजिक सेवाका कामहरुमा आवद्ध भएको विवेकशिल साझाले जनाएको छ।

२. शोभा शाक्य

शोभा शाक्यले स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको उपमेयर पदमा प्रतिस्पर्धा गरेकी थिइन् । । महिला उत्थान र शसक्तिकरणमा बिभिन्न भूमिका खेलेकी शाक्य बुद्ध शिक्षाबाट विशेष प्रभावित छिन् । शाक्य पार्टीकी केन्द्रीय सदस्य हुन् ।

३. रमेश पौड्याल

सिन्धुपाल्चोक स्थायी घर भएका रमेश पौड्याल विगत चार बर्षदेखि राजनीतिमा सक्रिय छन्। पौड्यालले त्रिभुवन बिश्वबिद्यालयबाट समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर एवं नेदरल्याण्डस् स्थित वागनिगन युनिभर्सिटीबाट विकास ब्यबस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । पौड्याल पार्टीको केन्द्रीय संयोजन समिति सदस्य एवं प्रवक्ता हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV