१३ पुष २०७४, बिहीबार

काठमाडौं । पार्टी एकता र सरकार गठनबारे छलफल गर्न नेकपा एमालेले बिहीबार स्थायी समिति बैठक बोलाएको छ ।

पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा बोलाइएको बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल केन्द्रित भएको छ ।

पेचिलो बन्दै गएको माओवादी केन्द्रसँगको एकता र सरकार गठनका विषयमा ठोस धारणा तयार पार्न बैठक केन्द्रित रहने बताइएको छ ।
बैठकमा एमाले अध्यक्ष ओलीले बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भएको छलफलका बारेमा जानकारी गराउने तयारी समेत गर्नुभएको छ ।

बैठकले सरकार गठनमा हुने भागवण्डा र राष्ट्रियसभा निर्वाचन सम्बन्धि अध्यादेशमा समेत आफ्नो आधिकारिक धारणा तय गर्ने अध्यक्ष ओलीको निजि सचिवालयले जानकारी दिएको छ ।

यस्तै बैठकले प्रदेशसभाको समानुपातिकतर्फको नाम समेत तय गर्ने बताइएको छ ।

LIVE TV