१३ पुष २०७४, बिहीबार
  • अंगराज न्यौपाने,

काठमाडौं । महाविनाशकारी भूकम्पले क्षति पु¥याएको संयौको संख्याका ऐतिहासिक सम्पदाहरु मध्ये केहीले पुरानै स्वरुपमा ठडिने अवसर पाएपनि केही जस्ताको तस्तै हालतमा छन् ।

 

कतै विवादको प्रभाव देखिएको छ भने कतै पुरातत्व विभागको मापदण्ड अनुसार पुनर्निर्माण नभएको भन्दै रोकिएको छ । तर समुदायको सक्रियता र सहमतिमा पुननिर्माको कार्य सञ्चालन गर्ने हो भने त्यो चाँडै सम्भव हुन्छ भने उदाहरण बनेको छ – ललितपुरको जगमदु पोखरी ।

 

यता राजधानीको मुटुमा रहेको रानी पोखरीको पुननिर्माणमा ऐतिहासिक महत्वलाई ओझेलमा पारेर आधुनिक शैलीमा निर्माण कार्य थालेको भनेर महानगरपालिका प्रमुख र उपप्रमुख नै दुई ध्रुवमा विभाजित छन ।

तर २०७२ कै भुकम्पले क्षति पु¥याएको ललितपुरको जगमदु पोखरीको पुननिर्माण कार्य भने पुरानै शैलीमा सम्पन्न भएको छ । विश्व वैकको ९० प्रतिशत र ललितपुर महानगरपालिकाको १० प्रतिशत लगानीमा पुनर्निर्माण सम्पन भएको पोखरी पुननिर्माण गर्दा पोखरीको ऐतिहासिक महत्वमा कुनै पनि रुपमा कमी नआउने स्थानीयको भनाई छ ।

पोखरीको पुनर्निर्माणमा ठेक्काको माध्यमवाट गर्दा पोखरीको ऐतिहासिक पक्षमा आउन सक्ने समस्यालाई ध्यान दिएर नै उपभोक्ता समितिको माध्यमवाट पुनर्निर्माण गरिएको स्थानीयवासीको भनाइ छ ।

पोखरी निर्माण कार्यलाई प्रभावकारीरुपमा सञ्चालन गर्न बिभिन्न तीन उपभोक्ता समिति वनाएको र उपभोक्ता समितिलाई समेत निगरानी गर्न समेत समिति निर्माण गरेर कार्य सञ्चालन गरेका कारण पुनर्निर्माण कार्य समयमा नै सम्पन्न भएको स्थानीयको भनाई छ ।

४० को दशकको सुरुवातमा नै पोखरीको पानी सुकेर पोखरी नै संकटमा परेको थियो । स्थानीयको सक्रियताबाट पोखरीमा पानी जम्मा गर्ने कार्य मात्र गरिएन । पोखरीको अध्ययन र अनुसन्धान गरि सत्रौ शताब्दीको पोखरीको शैलीमा नै निमार्ण गरिएको छ ।

चौतर्फी विरोधका वावजुद पनि रानीपोखरीको महत्वमा नै प्रहार गदै आधुनिक शैलीमा पुननिर्माण कार्य थालेको काठमाडौं महानगरपालिकाले संगैको छिमेकी महानगरमा पुनर्निर्माण गरिएको जगमदु पोखरीबाट पाठ सिक्न आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV