१३ पुष २०७४, बिहीबार

एजेन्सी । काबुलमा एउटा शिया सांस्कृतिक र धार्मिक संस्थालाई निशाना बनाउँदै गराइएको विस्फोटनमा कम्तीमा चार जनाको मृत्यु भएको छ।

बिहीवार बिहान भएको विस्फोटनमा अन्य ६ जना घाइते भएका छन्। आत्मघाती हमलाकारीले सो आक्रमण गराएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। अहिलेसम्म आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैनन्।

तर हालैका महिनाहरुमा इस्लामिक स्टेट संगठनले काबुल र अन्य स्थानका शिया मस्जिद र केन्द्रहरुमा आक्रमण बढाएको छ।

LIVE TV