१३ पुष २०७४, बिहीबार

पुस १३, २०७४

बैतडी । बैतडीको सिगास गाउँपालिका २ की कलावती धामी गर्भवती भएको ३ महिनामा आइरन चक्की लिन गाँजरी स्वास्थ्यचौकी पुगिन्। तर स्वास्थ्यचौकीमा आइरन चक्की नहुँदा उनी रित्तै हात फर्किनुपर्‍यो। ‘गर्भवती भएको ३ महिनादेखि आइरन चक्की खानुपर्छ भन्ने कुरा थाहा पाएकी थिएँ। सरकारले निःशुल्क उपलब्ध गराउँछ भन्ने सुनेर स्वास्थ्यचौकीसम्म पुगेँ। तर स्वास्थ्यचौकीमा आइरन चक्की नै पाइएनु, उनले भनिन्।

कलावतीजस्तै आइरन चक्कीका लागि गाँजरी स्वास्थ्यचौकीमा पुगेकी नमना धामी पनि रित्तै हात फर्किनुपर्‍यो। ‘सरकारले गर्भवती महिलाका लागि निःशुल्क आइरन चक्की उपलब्ध गराउँछ भन्ने सुनेकी थिएँ। तर चक्की नपाउँदा रित्तै फर्किन बाध्य भएका छौुं, उनले भनिन्, ‘गर्भावस्थामा आइरन चक्की खानुपर्छ भन्ने कुरा सुनेकी छु। तर नजिक मेडिकलसमेत नहुँदा साह्रै असजिलो भएको छ। सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाउने भनिएका औषधिको जहिले नि अभाव हुन्छ।ु

आइरन चक्कीको अभाव हुँदा गर्भवती महिलालाई रित्तै फर्काउनुपर्ने बाध्यता रहेको स्वास्थ्यचौकीका इन्चार्ज जनकसिंह धामीले बताए। ‘गर्भ बसेको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म आइरन चक्की खानुपर्छ। यहाँ सरकारले निःशुल्क उपलब्ध गराउने चक्कीको अभाव छ। एक महिनाअघि मात्रै गाउँपालिकाले थोरै औषधि किनेको थियो, त्यो पनि सकिने अवस्थामा छ। स्वास्थ्य संस्थामा अन्य औषधिको पनि अभाव छ।

अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

LIVE TV