१३ पुष २०७४, बिहीबार

काठमाण्डौ । राष्ट्रियसभा निर्वाचन सम्बन्धि अध्यादेशबारे राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्र पुष्पकमल दाहालसँग परामर्श गर्नुभएकोछ । विहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको बताइएको छ ।

फाइल फोटो

राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश दुई महिनादेखि रोकेको भन्दै आलोचना खेप्दै आउनुभएकी राष्ट्रपति भण्डारीले राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श गर्दै आउनुभएको छ । त्यसैको निरन्तरतास्वरुप दाहालसँग फेरि पनि परामर्श गरेको बताइएको छ । राष्ट्रपति भण्डारीलाई छिटो अध्यादेश स्वीकृत गर्न सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले दबाव दिँदै आएको छ । अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीको व्यवस्था राखिएको भन्दै सबैभन्दा ठूलो दल एमालेले विरोध गर्दै आएको छ ।

कांग्रेस र एमालेबीचको अडानले राजनीतिक गाँठो नफुकिरहेका बेला माओवादी अध्यक्ष दाहालले भने मध्यमार्गी विकल्पको खोजीमा रहेको बताउँदै आउनुभएको छ ।

LIVE TV