१३ पुष २०७४, बिहीबार

कैलाली । धनगढीस्थित जिल्ला शिक्षा कार्यालय नजिकै शंकास्पद वस्तु फेला परेको छ । कार्यालय नजिकैको एक पसल अगाडि आज बिहानै शंकास्पद वस्तु फेला परेको हो ।

टिफिन बट्टामा प्लास्टिकले बेरेको र तार बाहिर झुण्डिएको देखिएको छ । त्यससँगै कालो प्लास्टिकको अर्को झोला पनि छ । त्यसैले सो वस्तु बम हुनसक्ने आशंका गरिएको छ । प्रहरी सो स्थानमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

LIVE TV