१३ पुष २०७४, बिहीबार

एजेन्सी । गए राति प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडलाई १-० ले हराएको छ ।   सिटीले बुधबार राति भएको खेलमा न्युकासल युनाइटेडलाई १–० ले पराजित गरेको हो।

सो जितमा म्यानचेस्टर सिटीका फरवार्ड रहिम स्टेर्लिङले गोल गरेका थिए । केभिन डे ब्रुयनको पासमा स्टेर्लिङले ३१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

यस जितसँगै म्यानचेस्टर सिटीले आफ्नो विजयी यात्रालाई १८ खेलमा लम्ब्याउन सफल भयो । त्यसतै सिटी अंक तालिकाको अग्रस्थानमा १५ अंकले अगाडि पुगेको छ । यसैगरी न्युकासल भने १५ औं स्थानमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV