१२ पुष २०७४, बुधबार

काठमाडौ । छैठौं दि एक्सेलसियर कप अन्तर बिद्यालय खेलकुद प्रतियोगिता सिनियर छात्र फुटबलमा आयोजक दि एक्सेलसियर र माउण्टग्लोरी उपाधि नजिक पुगेको छ ।

बुधवार भएको फाइभ ए साइट फुटबलको सिनियर छात्रको पहिलो सेमिफाईनल खेलमा आयोजक दि एक्सेलसियर निलोले आयोजक रातोलाई हरायो । त्यस्तै दोश्रो सेमिफाईनल खेलमा माउण्टग्लोरीले इलाइट को–एटलाई ९–० को गोलले स्तब्ध बनायो । माउण्टग्लोरीको जितमा आयुष घलान,दिपेश गुरुङ,प्रितम तामाङले ह्याट्रिक पुरा गरेका थिए ।

स्वयम्भु स्थित दि एक्सेलसियर स्कुलको आर्टिफिसियल मैदानमा भएको जुनियर छात्र फाइभ ए साइट फुटबलमा राजश्री गुरुकुल र किट्स लनिङ उपाधि नजिक पुगेका छन् ।

राजश्री गुरुकुलले आयोजक दि एक्सेलसियरलाई ५–१ गोल अन्तरले हराउदा कप्तान क्रिपाल गिरीले ३ गोल गर्दा करनदीप श्रेष्ठले २ गोल थपेका थिए । आयोजकका निमा घार्केले १ गोल फर्काएका थिए । त्यस्तै अर्को सेमिफाईनल खेलमा किट्स लनिङले अक्षरालाई ३–१ गोल अन्तरले हराउदा कुलदीप तितुङले २ गोल गर्दा जिनेश केसीले १ गोल थपेकाका थिए । अक्षराका लागि आरएन सिलवालले १ गोल फर्काएका थिए ।

छैठौं दि एक्सेलसियर कप अन्तर बिद्यालय खेलकुद प्रतियोगिताको बास्केटबलतर्फ रेडिअन्टका दुवै टिम फाईनलमा प्रवेश गरेका छन् । जुनियर छात्रको सेमिफाईनल खेलमा रेडिअन्टले ग्रीनफिल्डलाई २८–१९ को स्कोरमा हराउदा राजन न्यौपानेले सर्वाधिक ११ स्कोर गरेका थिए । सिनियर छात्रमा रेडिअन्टले आयोजक दि एक्सेलसियरमाथी ६०–३८ को सहज जित निकाल्यो ।

रेडिअन्टको जितमा सुमन थपलियाले १४ स्कोर गरेका थिए । आयोजक दि एक्सेलसियरका रितेश बस्नेतले उत्कृष्ट प्रदर्शन गदै सर्वाधिक १८ स्कोर गरे पनि टिमलाई पराजयबाट बचाउन सकेनन् । त्यस्तै जुनियर छात्रतर्फ सामाखुसी बोडिङ स्कुल(सेब) फाईनलमा प्रवेश गरेको छ । सेबले पिपुल्सलाई ३९–३१ को स्कोरमा हराउदा बाबुराम पुनले १५ स्कोर गरे । पिपुल्सका अजय घलेले उत्कृष्ट प्रर्दशन गदै सर्वाधिक ३० स्कोर गरे पनि टिमलाई जिताउन सकेनन् ।

बास्केटबलकै सिनियर छात्रातर्फ जेनित र स्किब्स उपाधि नजिक पुगेका छन् । जेनितले टिआईएमाथी १५–१४ को रोमाञ्चक जित निकाल्यो । जेनितको जितमा उत्कृष्ट प्रदर्शन गरेकी निर्जला महर्जनले टिमले प्राप्त गरेको १५ स्कोर एक्लै गरेकी थिईन् । स्किब्सले आयोजक दि एक्सेलसियरलाई २३–१९ को स्कोरमा हराउदा पुजा चौधरीले ९ स्कोर गरिन् ।

आयोजककी केल्साङ डोल्पा शेर्पाले सवार्धिक १३ स्कोर गरे पनि टिमलाई जित दिलाउन सकिनन् । सिनियर छात्रको अर्को सेमिफाईनल खेलमा वल्सनले बाजि मारेको छ । पेम्वा शेर्पाको सर्वाधिक २६ स्कोरको मद्दतले वल्सनले बृहस्पतीलाई ५२–३० को स्कोरमा हरायो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV