१२ पुष २०७४, बुधबार

काठमाडौं । बिभागिय टिम एपीएफ र नेपाल पुलिसले राखेप च्याम्पियनशिप अन्तर्गत २१ औं महिला तथा ३१ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको दोश्रो दिन पनि दोहोरा जित निकालेका छन् ।

२१ औं राष्ट्रिय महिला भलिबलमा एपीएफले कान्छो बिभागिय टिम आर्मीलाई २५–९,२५–१९ र २५–७ को सोझो सेटमा हराउदा पुलिसले पुर्वाञ्चललाई २५–१७,२५–१५ र २५–१६ को सोझो सेटमा स्तब्ध बनायो । त्यस्तै ३१ औं राष्ट्रिय पुरुष भलिबलमा एपीएफले मध्यापश्चिमाञ्चललाई २५–१०,२५–९ र २५–२० को सोझो सेटमा हराउदा पुलिसले सुदूरपश्चिमाञ्चललाई २५–१७,२५–१९ र २५–१८ को सोझो सेटमा पाखा लगायो ।

पोखरा रंगशालामा भएको प्रतियोगितामा पश्चिमाञ्चलले पनि दोहोरो जित निकालेको छ । महिलाको खेलमा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५–७,२५–५ र २५–२३ को सोझो सेटमा हराउदा पुरुषतर्फ पुर्वाञ्चललाई २५–१८,२५–१८ र २७–२५ को सोझो सेटमा रोक्यो ।

२१ औं राष्ट्रिय महिला भलिबलको चौथो खेलमा मध्यामञ्चलले सुदूरपश्चिमाञ्चलमाथी २५–३,२५–५ र २५–११ को सोझो सेटमा हराउदै दोश्रो जित निकाल्यो । त्यस्तै पुरुषतर्फ नेपाल आर्मीले मध्यमाञ्चललाई २५–८,२५–१० र २५–२० को सोझो सेटमा हराउदै दोश्रो जित निकालेको छ ।

LIVE TV