१२ पुष २०७४, बुधबार

दिपायल। प्रदेश नं ७ को राजधानी दिपायल नै कायम हुनुपर्ने माग गर्दै दिपायलवासीले संघर्ष समिति बनाएका छन् । समितिले दवाबकालागि साताव्यापी संघर्षका कार्यक्रमआज सार्वजानिक गरेको छ ।

डोटी उद्योग वाणिज्य संघको अगुवाइमा सर्वपक्षीय अन्तरक्रिया आयोजना गरी संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएका कार्यक्रमअनुसार बिहीवार सुदूरपश्चिम क्षेत्रीय प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउने, पुस १४ गते पिपल्ला, राजपुरलगायतका बजार क्षेत्रमा मौनजुलुस प्रदर्शन, पुस १५ गते कुलपाते क्षेत्रमा दुई घन्टा चक्काजामसहित कोणसभा आयोजना गरिने भएको छ ।

त्यस्तै, पुस १६ गते पिपल्लाबजार क्षेत्रमा कोणसभा, पुस १७ गते पिपल्लाबजारदेखि राजपुरसम्म शान्तिपूर्ण र्‍याली र पुस १८ गते क्षेत्रीय प्रशासन कार्यालय राजपुरअगाडि दबाबमूलक साहित्यिक कार्यक्रमको आयोजना गरिने जनाइएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले दिपायललाई प्रादेशिक राजधानी कायम नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका थिए ।

उच्च अदालत, प्रदेशस्तरीय प्रहरी मुख्यालय, रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालयलगायतका निकायहरु स्थापना भइसकेको, राणाकालमा देशका चार गौणामध्ये पश्चिम गौणा डोटीमा रहेको र साविकको सुदूरपश्चिमाञ्जल विकास क्षेत्रको सदरमुकाम डोटीमै रहेकाले पनि प्रदेश नम्बर–७ को राजधानी दिपायल कायम हुनुपर्ने डोटेलीको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV