१२ पुष २०७४, बुधबार

काठमाडौं । काठमाडौको धापासी स्थित असहाय बालबालिका शिक्षा केन्द्रको वैधानिकतामाथि प्रश्न चिन्ह उठाउँदै न्युज २४ टेलिभिजनले समाचार प्रशारण गरेपछि सरोकारवाला निकायले मंगलबार केन्द्रको अनुगमन गरेको छ ।

शिक्षा केन्द्रले गाँउ गाँउबाट गरिब असहाय बालबालिकालाई शिक्षा दीक्षाको प्रलोभन देखाएर केन्द्रमा भर्ना गर्ने र परिवारलाई जानकारी नदिइ विदेशीहरुलाई धर्मपुत्रकारुपमा बेच्ने गरेको तथ्य न्युज २४ टेलिभिजनले प्रशारण गरिरहेको छ ।

गोरखाका हिरामान गुरुङ,गोरखकै सुनिल धमला र धादिङकी सबिना गुरुङलाई केन्द्रले परिवारको गरीबीको फाइदा उठाउँदै शिक्षादीक्षाको आश देखाएर विभिन्न व्यक्तिहरु मार्फत केन्द्रमा ल्याएको थियो । तर परिवारलाई जानकारी नै नदिई केन्द्रमा भर्ना गरेको केही बर्षमै धर्मसन्तानका रुपमा स्पेन पठाएको पाइएको छ ।

उनिहरु मध्ये हिरामान गुरुङको स्पेनमानै सवारी दुर्घटनामा निधन भैसकेको छ भने अन्य २ जनाको अवस्था जानकारीमा छैन । यो बिषयमा हामीले रिपोर्टिङ गरेपछि मंगलबार जिल्ला प्रसासन कार्यालय काठमाडौँ,महिला तथा बालबालिका कार्यालय,प्रहरी तथा सरोकारवालाको टोलीले असहाय बालबालिका शिक्षा केन्द्रको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा शिक्षा केन्द्रबाट विदेश पु¥याइएका कुनै पनि बालबालिकाको रेर्कड नराखिएका,आमाबाबु भएका बालबालिकालाई बाबु आमाको मृत्यु भएको कागजपत्र बनाइ विदेश पठाएको,अन्तरदेशीय धर्मपुत्र धर्मपुत्री व्यवस्थापन समितिमा नवीकरण नभएको तथा कार्यालय व्यवस्थापन नगरेको पाइएको छ ।

टोलीले थप अनुशन्धानको लागि केन्द्रको फाइल तथा कम्युटर नियन्त्रणमा लिएको छ । यो बिषयमा कार्यक्रम सिधा कुरा जनतासँगमा जवाफ दिदैँ केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक टंक धितालले थप अुनशन्धान पछि आवश्यक कदम चालिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV