१२ पुष २०७४, बुधबार

रिया भण्डारी

काठमाडौं । श्वासप्रश्वास प्रक्रिया अन्तर्गत हामीले सासभित्र लिने र बाहिर फ्याँक्ने गर्छौ । यो शरीरका लागि अनिवार्य अक्सिजन परिपूर्ति गर्ने प्रक्रिया हो । तर,काठमाडांैको हावामा स्वास्थ्यका लागि नभई नहुने अक्सिजन मात्र छैन धेरै मात्रामा हानी गर्ने तत्वहरु मिसिएका छन् ।

काठमाडांैको हावा हावा मात्र नभई प्रदुषित हावा हो यहाँ उच्च प्रदुषित वायु छ वायु प्रदुषण भनेको हावाको गुणस्तरमा कमी आउनु हो । दाउरा, फोहोर, कोइला र गाडीको धुवाँधुलोका कारण कार्बनडाइ अक्साइड, कार्बनमोनो अक्साइड निस्किन्छ ।

जुन अत्यन्त हानिकारक छ हावाका ति हानिकारक कणहरु हामीले सास फेर्दा सँगै शरीर भित्र जान्छन् । ती फोक्सोमा गएर बस्छन् । रक्तसञ्चार प्रणालीका माध्यमबाट शरीरका अन्य भागमा पुग्छन् र बिभिन्न रोग जन्माउछन् ।

रुखा लाग्नु, घांटी दुख्नु,एलर्जी हुनु जस्ता समस्या प्रदूषणको असर तत्कालीन असर भए पनि दीर्घकालीन असरमा दम देखि फोक्सोको क्यान्सरसम्म हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकहरुका अनुसार अबको चारदेखि पाँच वर्षमा अहिलेको प्रदूषणको असर देखिनेछ। सिमेन्ट वा ढुंगामा प्रचुर मात्रामा सिलिका हुन्छ । सिलिका जस्ता हानिकारक तत्वहरु फोक्सोमा गएपछि फोक्सोको क्यान्सर हुने सम्भावना १० गुणा छ ।

सकेसम्म सुरक्षित मास्क लगाएर हिँड्ने बिहान र बेलुकीपख सकेसम्म बाहिर ननिस्कने, हावा स्थिर र चिसो अवस्थामा रहने भएकाले त्यो समय धुलोधुवाँका कण जमिनभन्दा धेरै माथि पुग्न पाएका हुँदैनन् । त्यसैले बिहान र बेलुकाको समयमा प्रदूषणका कणहरु श्वासप्रश्वासबाट छिटो शरीरभित्र पुग्छन् ।

त्यसैगरी धुलोबाट बच्न माक्स लगाए पनि हामीले बजारिया माक्स प्रयोग गर्छौ जसले मोटोमोटो धुलोक कण त छेक्छ छानी छानी हानिकराक कण शरीर भित्र पठाउछ । त्यसकारण माक्स प्रयोग गर्दा एन ९५ र एन ९९को साना साना धुलोका कण छेक्ने लगाउन चिकित्सकको सुझाब छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV