१२ पुष २०७४, बुधबार

१२ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्नेलाई समातेर  कारवाही गर्न जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल प्रहरीको सहयोग मागेको छ ।

काठमाडौं महानगरपालिका बातावरण व्यवस्थापन बिभागको अनुसार अब ड्युटीमा रहेका प्रहरीले पनि  फोहोरमैला नियन्त्रणमा पनि  सहयोग गर्ने र  फोहोरमैला व्यवस्थापन ऐनले जथाभावी फोहोरमैला गर्नेलाई नियन्त्रणमा लिन प्रहरीको सहयोग लिन सक्ने व्यवस्था गरेको छ । अब सार्वजनिक रुपमा फोहोर फाल्दै गरेकाहरुलाई ड्युटीमा रहेका प्रहरीले पनि पक्राउ गर्ने भएको छ ।

फोहोरमैला व्यवस्थापन ऐनले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई ५ सयदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ ।राजधानीमा जति सभ्यताको कुरा गरे पनि सहरियाहरू बिशेस गरी  नदीनाला, सडक, विभिन्न सार्वजनिक स्थानहरुमा फोहोर फाल्ने प्रवृत्तिले उपत्यका थप कुरूप र प्रदुषित बन्दै गैरहेको छ ।

LIVE TV