१२ पुष २०७४, बुधबार
  • बिनय तिम्सीना,

इलाम ।  पुष महिनाको शुरु सँगै इलामको मौसम खुलेको छ । न्यानो घाममा सिजन अनुसारको फल बिक्रीमा निक्कै वृद्धि भएको छ । अहिले इलाममा उत्पादित सुन्तलाको व्यापार राम्रो भएको छ ।

गत सालको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएको छ । किसानको वारीमा सुन्तला लटरम्म फलेका छन् । इलामका कृषकलाई सुन्तला नबिक्ने चिन्ता पनि छैन । इलाम नगरपालिका ५ तोरीबारीका देविप्रसाद घिमिरेले व्यपारीहरु घरमै आएर वगान बाटै सुन्तला किनेर आँफै टिपेर लाने भएकाले सुन्तला विक्रीमा कुनै समस्य नरहेको बताउनु हुन्छ । जिल्ला कृषि विकास कार्यालयबाट कृषकलाई कुनै पनि सहयोग नहुँदा सुन्तला खेती गर्न समस्या भएको घिमिरेको गुनासो छ ।

अहिले इलाममा रोगको कारणले सुन्तलाको उत्पादनमा गिरावट आउने अनुमान गरिएको छ तर पनि नयाँ बोटहरुमा भने केही राम्रोसंग सुन्तला उत्पादन भएको छ । इलाम नगरपालिकामा पनि सुन्तलाको उत्पादनमा वृद्धि भए पछि कृषकहरु हर्षित देखिएका छन् । विशेष गरि इलामको रोङ गाउँपालिकाको जिर्मलेमा सुन्तला वगान मासिन थालेको छ ।

गाउँपालिकाहरु माइजोगमाई गाउँपालिका, सूर्योदय नगरपालिका, र देउमाई नगरपालिकाममा सुन्तलाको उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्ले वताउँछन् ।

इलामको सुन्तोला स्थानीय वजारमा नै राम्रो सँग विक्री भई रहेको व्यपारीहरु बताउछन् । अहिले इलाममा सुन्तला ८० रुपयाँ प्रतिकिलो देखि राम्रो ग्रेडिङ गरेको सुन्तला १२० रुपैयाँ किलो सम्ममा विक्री भईरहेको छ ।

इलाकको सुन्तला झापाका बजारहरुमा पनि राम्रो विक्री भई रहेको छ । केहि सुन्तला छिमेकी मुलुक भारतको सिलिगुडी र कोलकत्तामा समेत विक्री हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV