१२ पुष २०७४, बुधबार

एजेनसी । के तपाईंले कहिल्यै जान्न खोज्नुभएको छ, दुनियाँको सबैभन्दा महँगो रक्सीको मूल्य कति होला ? ३ हजार टुक्रा हीरा जडान गरिएको बिलेनियर भोडका नामक मदिरा नै विश्वको सबैभन्दा महँगो रक्सी हो । यसको नामबाट नै अनुमान गर्न सकिन्छ कि यो अर्बपतिले पिउने भोड्का हो ।

यो भोड्काको एक बोतलको मूल्य झण्डै ४० करोड रुपैयाँ पर्छ । यो रक्सीभन्दा यसको बोतल कैयन् गुणा महँगो छ । डिजाइनर लियोन भेरेसले यो भोड्काको बोतलको डिजाइन गरेका हुन् । उनै डिजाइनरले यसअघि विश्वकै सबैभन्दा महँगो स्याम्पेन पनि डिजाइन गरेका थिए ।

यो भोड्का स्वादमा पनि अरु सामान्य भोड्काभन्दा फरक छ । यसको एक बोतलमा ५ लिटर भोड्का छ । यो रसियन भोड्का गहुँ तथा शुद्ध पानीबाट बनाइएको हो ।

LIVE TV