१२ पुष २०७४, बुधबार

रिया भण्डारी

काठमाण्डौ । २०२९ सालमा स्थापना भएको नेपाल औषधि लिमिटेडले २०६० सालसम्म १ सय २० प्रकारका औषधि उत्पादन गर्थो । व्यवस्थापन राम्रो नहुँदा २०६७ साल उत्दान नै बन्द भयो । चर्को राजनीतिक चलखेलका कारण बन्द नेपाल औषधि लिमिटेड उत्पादनकै लयमा फकिएको छ । अब, माघ दोस्रो सातादेखि सिटामोल उत्पादन सुरु हुनेछ ।

तीन दशक औषधि उत्पादन गरेको नेपाल औषधि लिमिटेडले राम्रो व्यवस्थापन नहुँदा २०६७ साल उत्पदान बन्द ग¥यो । बन्द भएको बरिव ७ वर्ष पछि नेपाल औषधि लिमिटेड पुनः औषधि उत्पादनमा जुटेको छ । गत बैशाख २४ गतेबाट जीवनजल उत्पादन सुरु गरेको लिमिटेडले माघ दोस्रो सातादेखी सिटामोल पनि उत्पादन गर्नेछ । सिटामोल लगायतका ट्यावलेटजन्य औषधि उत्पादनका लागि लिमिटेडले ट्याब्लेट युनिटमा ९५ प्रतिशत काम सम्पन्न गरिसकेको छ । साढे ३ करोड लगानीमा बन्ने ट्याब्लेट युनिटबाट पहिलो चरणमा सिटामोल उत्पादन गरेपछि अन्य ट्याब्लेटजन्य औषधि उत्पादन गरिने लिमिटेडले जानकारी दिएको छ ।

जीवनजल उत्पादन सुरु गरेर पुनः संचालनमा आउँदा लिमिटेडले तीन महिना भित्र सिटामोल उत्पदान गर्ने जानकारी दिएको थियो । तर, योजना अनुरुप अर्थमन्त्रालयबाट बजेट विनियोजन नहुनु र भन्सारमा सामान रोकिनुले सिटामोल उत्पादन केही महिना पछि घकेलिएको लिमिटेडका महाप्रबन्धक डाक्टर रोबशकुसम सुबेदी बताउँछन् ।

नेपाल औषधि लिमिटेड पुनः संचालन गर्न अर्थ मन्त्रालयले उद्योग मन्त्रालय मार्फत १४ करोड ६५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो । तर, हालसम्म लिमिटेडमा ६ करोड रुपैयाँ मात्र पुगेका छ । त्यसैले लिमिटेडले अपेक्षाकृत काम गर्न सकेको छैन । सरकारी स्वामित्वको औषधिक उत्पादक कम्पनी भएकाले नेपाल औषधि लिमिटेडले उत्पादन गर्ने औषधि सर्वसाधारणले सुलभ मुल्यमा पाउनेछन् । त्यसैले, सरकारले समेत नेपाल औषधि लिमिटेडलाई विशेष प्राथामिकतामा राख्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV