१२ पुष २०७४, बुधबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भेटवार्ता हुने भएको छ।

भावी सरकार गठन र दुई पार्टीबीचको एकताबारे नेताहरूबीच फरक फरक धारणा आइरहेका बेला वाम गठबन्धनका दुई शीर्ष नेताको भेट हुन लागेको हो।

एमाले अध्यक्ष ओलीका प्रेस सहयोगी चेतन अधिकारीले दुई नेताबीच भेटघाट तय भए पनि समय र स्थान तय नभइसकेको बताए। अन्नपूर्ण पोस्टमा खबर छ ।

LIVE TV