१२ पुष २०७४, बुधबार

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा संक्रमणकालको अन्त्य गर्नु नै काँग्रेस नेतृत्वको सरकारको सफलता भएको दावी गर्नुभएको छ । उहाँले प्रादेशिक र प्रतिनिधिसभाको निर्वाचन मार्फत संक्रमणकालको अन्त्य गर्न आफु नेतृत्वको सरकार सफल भएको पनि बताउनुभयो ।

चितवनको सौराहामा आयोजित चौधौं चितवन हात्ती महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन मार्फत संक्रमणकालको अन्त्यगरी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा विश्वास गर्ने वातावरण बनाउन सकिएको बताउनुभयो । उहाँले नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको समेत स्पष्ट पार्नुभयो ।

मुलुकलाई निकास दिन पार्टीलाई फाईदा वेफाईदा भन्दा पनि निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गराउने तर्फ लाग्नु सबैभन्दा ठूलो उपलब्धि भएको प्रधानमन्त्री देउवाको भनाई थियो । उहाँले आफ्नो पार्टी सत्तामा रहेपनि नरहेपनि नेपाल र नेपालीको विकासका लागि सधै प्रतिवद्ध भएर लाग्ने बताउनुभयो ।कार्यक्रममा हास्यकलाकार मदनकृष्ण श्रेष्ठ लगायत बन र बन्यजन्तु संरक्षणमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

LIVE TV