११ पुष २०७४, मंगलवार

कायरो । इजिप्टमा १५ जना लडाकुलाई सामूहिक मृत्युदन्ड दिइएको छ । सन् २०१३ मा सिनाई प्रायद्विपमा सुरक्षाकर्मीमाथि आक्रमण गरेको अभियोग लागेका १५ जना लडाकुहरुलाई मंगलबार इजिप्ट सरकारले मृत्युदन्ड दिइएको हो ।

उनीहरुलाई इजिप्टको उत्तरी क्षेत्रमा रहेको दुई ओटा कारागारमा झुन्ड्याएर मृत्युदन्ड दिइएको अधिकारीहरुले जनाएका छन् । सैनिकहरुको हत्या, हत्याको षड्यन्त्र र सेनाको सवारीसाधन ध्वस्त बनाएकोमा अदालतले उनीहरुलाई दोषी ठहराएको थियो ।

सन् २०११ मा सिनाई प्रायद्विपको विमानस्थलमा लडाकुहरुले आक्रमण गर्दा २५० भन्दा बढी मानिसहरु मारिएका थिए ।

इजिप्टमा सन् २०१५ मा ६ जना जिहादीलाई मृत्युदण्ड दिइएपछिको यो पहिलो सामूहिक मृत्युदण्ड हो । सिनाइमा इस्लामिक अतिवादी समुह आइएसलगायतका जिहादी समुहले सुरक्षाकर्मी र न्यायाधिशहरुमाथि आक्रमण तिब्र पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV