११ पुष २०७४, मंगलवार

काठमाडौं । न्युज २४ को चर्चित कार्यक्रम ‘सिधाकुरा जनतासँग’को आज मंगलबार बेलुका ८ः ४५ बजेबाट सुरु हुँदैछ । यस कार्यक्रम मार्फ विभिन्न प्रकारका इस्युहरुलाई उठाइदै, प्रस्तुत गर्नुका साथै समस्याको समाधान गर्दै १६३ औं इपिसोडमा आईपुगेको छ ।

आजको १६३ औं इपिसोडमा हामीले तपाईलाई धापासीको असहाय बालबालीका केन्द्रको प्रहरी प्रशासनको छापा, गाउँपालिका अध्यक्षले १५० भन्दा बढी नेपाली चेलीलाई बेचेको रिपोर्ट तपाईसामु प्रस्तुत गर्दै छौं ।

१.  धापासीको असहाय बालबालिका केन्द्रमा प्रहरी प्रशासनको छापा (बालगृह फलोअप)

धापासी स्थित असहाय बालबालिका शिक्षा केन्द्रले अवैद्ध रुपमा बालवालिकालाई विदेश पु¥याउने गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले केन्द्रमा छापा हानेको छ । गाँउका बालबालीकालाई अभिभावकको सहमति विना धर्मपुत्र र पुत्री बनाएर विदेश बठाएर बाल व्यापारको धन्दा चलाईरहेको छ ।

मंगलवार दिउसो जिल्ला प्रशासन कार्याल महिला बालवालिका केन्दं र प्रहरी र सरोकारबालासहित हाम्रो टिम धापासीमा रहेको बालवालिका शिक्षा केन्द्रको कार्यालयमा पुग्यौ ।

बालवालिका केन्द्रको कार्यालयमा पुग्दा आफुलाई कार्यालयको प्रोग्राम अफिसर हुँ भने बालावालिका केन्द्रकी सञ्चालक सरस्वती श्रेष्ठका छोरा लक्ष्मण श्रेष्ठले फेरी दुव्यभार गरे । महाराजगञ्ज प्रहरी वृतका प्रमुख योगेन्द्रं थापाको सहयोगमा अनुगमनमा आएको टिमले भित्र प्रवेश पायो ।

अनुगमन टोली भित्र छिरे पनि लक्ष्मण श्रेष्ठले न सञ्चालक सरस्वती श्रेष्ठलाई बोलाईनन् तर उन्को फोन नम्वरनै दिए ।
यी लक्ष्मण श्रेष्ठ तिनै ब्यक्ति हुन लसले यस अघि हाम्रो टिमसंग दुव्र्यावहार गरेका थिए । अरुत के आफ्नो छोरा छोरीको खोजी गर्दै त्याहां पुग्ने आमाहरुलाई ढोका बाहिरै सडकमा सुत्न बाध्य बनाउथे ।

कानुनले आमा बुवाको अनुमति विना धर्मपुत्र दिन नमिल्ने भन्छ । तर यो बालवालिका शिक्षा केन्द्र बालवालिका पढाईदिने भन्दै अर्काका छोरा छोरीलाई धर्मपुत्र पुत्री बनाई विदेशमा वेच्ने गर्छ ।

कति सम्म भने गोरखाकी गिला गुरुङका थाहै नदिई उन्का एक्ला सन्तान हिरामानलाई उन्को अनुमति विना स्पेन पुगायो । छोराको त्यही दुर्घटनामा पनि मृत्यु भयो । मंगलवार हामीसंगै बालवालिका केन्द्रमा पुगेकी लिला छोराको फोटो देखेपछि भक्कानिदै रोईन् ।
लिला मात्र होईन प्रहरी प्रशसनको सहयोगमा वालवालिका केन्द्र भित्र प्रवेश पाएकी धादिङकी सुकमयां गुरुङ र गोरखाकी कोपीला धमला पनि आफ्नो छोरा छोरा देउ भन्दै रुन थाले ।

अहिले बालवालिका केन्द्रका सवै फाईल, कागजाद र कम्प्युटर थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयले आफ्नो नियन्त्रणमा लिएको छ । अनुगमनका क्रममा धर्म पुत्र बनाउने अनुमतिनै रारेज भएको उक्त संस्थामा अहिले सम्म कति बालवालिका लागि विदेश पु¥याएको रेडर्क दिएको छैन् । अहिले पनि यो केन्द्रमा १३ बालवालिका लाई राखिएको छ ।

३. गाउँपालिका अध्यक्षले बेचे १५० भन्दा बढी नेपाली चेली

महिला बेचविखनको आरोपमा प्रहरी हिरासतमा रहेका नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङले भारतका विभिन्न चार स्थानमा कोठी यौनगृह सञ्चालन गरको तथ्य खुलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबीले तामाङलाई बुधबार अपराहन दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीस्थित वडा कार्यालयबाटै पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेलगत्तै नुवाकोट दुप्चेश्वर गाउपालिका १ का तीनजना पीडित महिलाले तामाङविरुद्ध ‘सिआईबीमा जाहेरी दिएका छन् ।

प्रहरीका अनुसार तामाङ सञ्चालन गरेको भारतका नयाँदिल्लस्थित जेवी रोडको, गल्ली नम्बर ६४ मा ३५ जना, पुनास्थित सोना गार्छे १५मा २७ जना , कोलकत्तमा १५ र मुम्बाईमा ८ जना युवतीलाई यौनीदासी बनाएका छन् । अहिलेसम्म उनले २ सय ५० भन्दा बढि नेपाली महिलालाई यौनकर्मी बनाएर भारत पु¥याई सकेको छ ।

तामाङ यस अघि २०६८ सालमा मानव वेचविखन तथा ओसरपसार मुद्वामा जिल्ला अदालत नुवाकोटबाट ६ बर्षको जेल सजाए सुनाएपनि फरार रहे । २०७१ सालमा पनि मानव बेचबिखन तथा ओसारपसार मुद्वामा ५ लाख धरौटीमा छुटे ।

१० महिना अघि पनि मानव बेचबिखनकै मुद्वामा ६ लाख धरौटी छुटेका थिए । अदालतको तारेख चलिरहेकै बेला स्थानीय तहको निर्वाचनमा उमेदवार बने र जिते पनि । बर्षौदेखी आफ्नै गाँउका सयाँै चेलीबेटी भारत पु¥याएर आँफै यौनदास बनाउने उनी जनप्रतिनीधिका रुपमा विजय भएपछि झन् सक्रिय भएर धन्दा चलाउँदै थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV