११ पुष २०७४, मंगलवार

कैलाली । मंसिर २९ देखि पौष ११ गते सम्म आयोजना गरीएको सुदूरपश्चिम महोत्सव आज समापन भएको छ । मसिंर १० गते सम्म मात्र मनाइने तालिका भएपनि दर्शकहरुको मागका कारण एक दिन थप गरेर मंगलबार समापन भएको हो ।

महोत्सवमा १५ करोडभन्दा बढीको कारोबार भएको आयोजक कैलाली उद्योग बाणिज्य संघले जानकारी दिएको छ । १२ दिनसम्म चलेको महोत्सवमा ५ लाख दर्शकले अवलोकन गरेको संघका कोषाध्यक्ष पुष्प कुँवरले जानकारी दिए ।

कैलाली ५ का नवनिर्वाचित सांसद नारदमूनि राना थारुले उदघाटन गरेको महोत्सवको समापन क्षेत्र नम्बर ५ प्रदेश सभा ‘ख’का सांसद डिल्लीराज पन्तले गरे ।

LIVE TV