११ पुष २०७४, मंगलवार
  • इरफान अलि,

पर्सा । भारत सरकारले रक्सौल र्याडमा क्लिंकर अनलोड गर्न रोक लगाएपछि उत्पन्न परिस्थितिलाई समाधान गर्न दुई देशमा अधिकारीहरु र सिमेन्ट उद्योगीहरुबीच छलफल भएको छ ।

सिमेन्टको कच्चा पदार्थ भित्र्याउन अहिलेसम्म रक्सौल रेल्वे स्टेसनको मालयार्ड प्रयोग हुंदै आएकोले त्यस्मा समस्या उत्पन्न भए पछि नेपाल भारतका पदाधिकारी र सिमेन्टका उधोगीहरुसंग पर्साको वीरगंजमा छलफल भएको हो ।

नेपाली पक्षलाई थाहै नदिई त्यस्ता वस्तु वीरगन्ज सिर्सियास्थित सुख्खा बन्दरगाहमा लैजान भनेर भारतीय पक्षले खुल्ला गरेको छ । भारतको केन्द्र सरकार मातहतको भारतीय रेल्वे र त्यसको भगिनी संस्था भारतीय कन्टेनर निगम लिमिटेड कनकोरले यस्तो निर्णय लिएका हुन् ।

क्लिंकरको प्रदुषण रोक्न भारतीय अदालतले रेल्वेको नाममा आदेश जारी गरेकामा उक्त आदेश पालना गर्नुको साटो समस्या खडा गरेर त्यो ठाउँ नेपाली आयातकर्ताले प्रयोग नै गर्न नदिने स्थिति बनाइएको छ ।

नेपालका लागि रक्सोलमा आउने ‘डस्टी कार्गो’ सुक्खा बन्दरगाहमा पठाइदिने व्यववस्थाका लागि भारतीय पक्षले निर्णय गरे पनि नेपाली पक्षलाई यसबारे औपचारिक जानकारी नरहेको नेपाल सरकारका वाणिज्य सचिव विशंकर सैंन्जुले बताउनु हुन्छ । वैठकले ठोस निष्कर्ष निकाल्न भने सकेन ।

LIVE TV