११ पुष २०७४, मंगलवार

काठमाडौ । छैठौं दि एक्सेलसियर कप अन्तर बिद्यालय खेलकुद प्रतियोगिताको जुनियर छात्र बास्केटबलमा सामाखुसी बोडिङ स्कुल(सेब) र जुनियर छात्र फाइभ ए साईट फुटबलमा अक्षरा स्कुल सेमिफाईनलमा प्रवेश गरेका छन् ।

मंगलवार भएको जुनियर छात्रको क्वाटर फाईनल खेलमा सेबले आयोजक दि एक्सेलसियरलाई ३४–२२ को स्कोरमा हराउदा बाबुराम पुनले १७ स्कोर गरे । जुनियर छात्रको अर्को क्वाटर फाईनल खेलमा ग्रिनफिल्डले बिएनएमाथी ३१–२८ को रोमाञ्चक जित निकाल्यो ।

जुनियर छात्रको सेमिफाईनलमा ग्रिनफिल्डले रेडिअन्ट तथा सेबले र पिपुल्ससँग प्रतिस्पर्धा गर्ने छन् । सिनियर छात्राको सेमिफाईनल खेलमा आयोजक दि एक्सेलसियरले स्किब्स तथा जेनितले टिआईएसँग खेल्ने छन् । त्यस्तै सिनियर छात्रको सेमिफाईनल खेलका लागि दि एक्सेलसियर र रेडिअन्ट तथा बृहस्पती र वल्सनबीच प्रतिस्पर्धा हुनेछ ।

आयोजक दि एक्सेलसियरको आटिफिसियल खेल मैदानमा भएको जुनियर छात्रको फुटबलमा अक्षराले न्यू जेनितलाई टाईब्रेकरमा ३–२ गोल अन्तरले हरायो । निर्धारित समयमा तीन–तीन गोलको बराबरी खेलको अक्षरा सुरुवातमा २–० गोलले पछि परेको थियो । मध्यान्तर पछि खेलमा फर्किएको अक्षराका लागि आयुष कटुवालले उत्कृष्ट प्रदर्शन गदै ४ गोल गरेका थिए ।

उनले निर्धारित समयमा ह्याट्रिक पुरा गर्दा एक गोल टाईब्रेकरमा गरेका थिए । जुनियर छात्र फुटबलमा आयोजक दि एक्सेलसियर र किट्स लनिङले पनि सेमिफाईनलमा स्थान सुरक्षित गरेका छन् । दि एक्सेलसियरले काठमाण्डौं भ्याली स्कुललाई २–० ले हराउदै सेमिफाईनलमा राजश्री गुरुकुलसग प्रतिस्पर्धा गर्ने साहित जुराएको छ ।

किट्स लनिङले ओराकलमाथी ३–२ गोल अन्तरले जित निकाले पछि अक्षरा सेमिफाईनलको प्रतिस्पर्धी टिम बनेको छ । त्यस्तै सिनियर छात्र फुटबलमा आयोजकको रातो र निलोले सेमिफाईनलमा भेट पक्का गरेका छन् । पहिलो क्वाटर फाईनल खेलमा रातोले काब्यलाई ४–२ गोल अन्तरले हराउदा निमेश गोतामेले ह्याट्रिक पुरा गरेका थिए ।

निलोले ब्राईट फ्युचरलाई टाईब्रेकरमा ३–२ गोलले हरायो । दुवै टिमले निर्धारित समयमा ६–६ गोलको बराबरी खेलेका थिए । सिनियर छात्रको अर्को क्वाटर फाईनल खेलमा माउण्टग्लोरीले न्यु अरुणदयलाई ६–३ को गोल अन्तरले हराउदै सेमिफाईनलमा इलाइट को–एटसग भेट पक्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV