११ पुष २०७४, मंगलवार

काठमाडौं । एमालेका नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितले वाम गठबन्धनलाई फुटाउन खोज्नेहरु आफै समाप्त भएर जाने चेतावनी दिएका छन् । नेता पण्डितले वाम गठबन्धनलाई फुटाउन देशी, विदेशी शक्तिहरु लागेपनि सफल नहुने दावी समेत गरे ।

उनले जनमत अनुसार वामपन्थी गठबन्धनको नेतृत्वमा सरकार बन्ने र त्यसले जनताको भावना बमोजिम काम गर्ने पनि बताए ।नेता पण्डितले अध्यारो कुनामा बसेर बामपन्थी गठबन्धनलाई फुटाउन प्रयास भइरहेको भन्दै यस्तो प्रयास असम्भव भएको बताएका हुन् ।

नेता पण्डितले जनमत अनुसार नयाँ सरकार बनाउन कुनै पनि शक्तिले रोक्न नसक्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV