११ पुष २०७४, मंगलवार

उदयपुर । उदयपुरमा सुन्तला बोकेको जीप दुर्घटना हुँदा एकको ज्यान गएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।

रौतामाई गाउँपालिकाको सल्लेबाट गाइघाट तर्फ फर्कदै गरेको स १ च १२२८ नम्बरको बोलेरे जीप रौतामाई गाउँपालिका –६, जितेनी पाखामा दुर्घटना भएको थियो । मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका –१० बस्ने वर्ष ५० का कमल राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मगरको घट्ना स्थलमै मृत्यु भएको हो । रौतामाई गाउँपालिका –४ का चालक रत्न राईसँगै भक्तबहादुर सार्की र निर्मला राई गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख नवराज भट्टले बताउनुभयो ।

भट्टका अनुसार जीपमा सवार ५ जनामध्ये १४ वर्षीय बालक सन्देश राई सकुशल रहेका छन् । गम्भीर घाइतेलाई जिल्ला अस्पताल गाईघाटमा उपचारका लागि लगिएको छ ।

LIVE TV