११ पुष २०७४, मंगलवार

गूडविल फाईनान्स लिमिटेडले बैकिङ सम्बन्धि आइएम एमबीए नामक किताबको बिमोचन गरेको छ । यस किताब मार्फत ब्याङ्कर्सका साथसाथै ब्यापारी, बिद्यार्थीदेखि गृहणीसम्मले फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच गूडविल फाईनान्स लिमिटेडल आइ एम एमबिए नामक किताब सार्वजनिक गरेको छ । उक्त पुस्तक बैँकसंग सम्बन्धित र चासो राख्नेहरुका लागि उपयोगी हुने विश्वास गरिएको छ । किताब बिमोचन कार्यक्रममा गूडविल फाईनान्स लिमिटेडका अध्यक्ष राजाराम जोशीले बैकिङ क्षेत्रसँग जोडिएका बिषय बस्तुहरुमा वर्कशपको सञ्चालन गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्व गभर्नर हिमालय शमशेर राणाले गूडविल फाईनान्स लिमिटेडले बैंकिंग सम्बन्धि जोडिएका कुराहरुलाई धेरै सहज रुपमा प्रस्तुत गरेको बताउँदै पुस्तक निकै उपयोगि हुने विश्वास व्यक्त गर्नुभयो ।

आइ एम एमबिए अर्थात् मास्टर इन बचत एण्ड आर्जन किताबमा ब्याङ्कर बन्न चाहनेहरुलाई सहज रूपमा बैंकिंग कार्यको तरिक बुझाइएको दाबी गरिएको छ ।

LIVE TV