११ पुष २०७४, मंगलवार

प्रतिकुल मौसमको कारण आइतबार देखि गौतमबुद्ध विमानस्थलका सबै उडान अवरुद्ध भएका छन् ।
बाक्लो हुस्सु र शीतलहरले भिजिबिलिटी राम्रो नहुँदा उडान प्रभावित भएको हो ।

आई. एफ. आर प्रणालीमा उडान गर्दा भिजिबिलिटी १६ सय मिटर चाहिन्छ । तर आइतबार देखि दिनभर भैरहवाको भिजिबिलिटी सात सय भन्दा माथि हुन नसकेको गौतमबुद्ध बिमानस्थलका निमित्त प्रमुख सूर्य बहादुर केसीले जानकारी दिनुभयो ।

भैरहवादेखि काठमाडौँ दैनिक बुद्ध, यति, सौर्य, श्री, सिम्रिक र नेपाल बायु सेवा निगम गरि ६ कम्पनीका १३ वटा बिमानले उडान भर्दै आएका छन् ।

दुई दिन देखि उडान अबरुद्ध हुँदा यात्रुहरु समस्यामा परेका छन् । मौसमको पूर्व जानकारी दिने प्रणालीको विकास नहुँदा उडान हुने प्रतीक्षामा रातिसम्म यात्रुहरु बिमानस्थलमा कुर्नुपर्ने बाध्यता छ ।

निर्माणाधीन अन्तर्राष्ट्रिय बिमानस्थलमा प्रतिकुल मौसममा पनि उडान गर्न सकिने प्रबिधि जडान हुने बिमानस्थलले जनाएको छ । जसबाट प्रतिकुल मौसममा पनि यात्रुहरुले बिमानको यात्रा गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV