११ पुष २०७४, मंगलवार

काठमाडौं । बिगत १० बर्ष देखि सौन्दर्य ब्यबसायको क्षेत्रमा क्रियाशिल रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो सेवालाई बिस्तार गर्दे अन्तराष्ट्रिय क्षेत्रमा पु¥याउने घोषणा गरेको छ ।

आफनो १० औ बार्षिकोत्सबको अबसरमा केयरले अस्ट्रेलिया तथा अमेरिकामा समेत शाखा खोल्न लागिएको जनाएको हो । नेपाली ब्राण्ड अन्तराष्ट्रिय क्षेत्रमा पुग्दा नया-नया प्रविधिहरु नेपालमा भित्राउन सकिने तथा नेपाली पहिचान बाहिर पुग्ने प्रबन्ध निर्देशक प्रकाश कुमार श्रेष्ठले बताउनु भयो ।

हाल ४० जना यस क्षेत्र मा बिज्ञहरुबाट स्बदेशमा नै अन्तराष्ट्रिय स्तरको सेवा दिईरहेकोभन्दै संचालिका रश्मिला श्रेष्ठले स्बदेश भित्र पनि शाखा बिस्तारको योजना रहेको बताउनु भयो ।

बरिष्ठ गायक आनन्द कार्की ,गायिका सहिमा श्रेष्ठ, नायिका खुस्बु खड्का, फेसन डिजाइनर काजल शर्मा, ब्यबसायीहरु, चर्चित व्यक्तित्वहरु तथा कर्मचारीहरु साथ केक काटेर काठमाडौ मल र बिजी मलको चौथो तलामा १० औ बार्षिकोत्सब मनाएको हो ।

ग्राहकहरुको बिश्बास माया अनि काम प्रतिको इमान्दारिता, प्रतिबद्धता , मेहनत र उच्चस्तरिय गुणस्तरीय सेवाले गर्दा नै दशौ बर्ष सम्म निरन्तर गुणस्तरीय सेवा दिईएको हाउसले जनाएको छ ।

हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिइन ।

केयर सौन्दर्य प्रति सचेत महिला तथा पुरुषको लागी भरपर्दो गन्तव्य हो भने जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यवस्थाको साथै तालिम पनि दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV