११ पुष २०७४, मंगलवार
  • तारा आचार्य,

मोरङ । मोरङको रानी भन्सार जोड्ने भारतको विहार स्थित मीरगंज पुल मर्मत नहुँदा मोरङको औद्योगीक करिडोरमा आयात निर्यात प्रभावित भएको छ । साथै, राजश्व संकलन समेत प्रभावित भएको छ ।

गत साउन अन्तिम साता आएको बाढीका कारण मीरगंज पुल भासिएको थियो । भासिएको पुलबाट विराटनगर स्थित रानी भन्सारको दुरी ४ किलोमिटर मात्र छ । तर, पुल भासिएपछि भारतबाट सामान लिएर नेपाल भित्रने मालवाहक यातायातका साधनले करिव सय किलोमिटरको वैकल्पीक मार्ग प्रयोग गर्नुपरेको छ ।

भासिएको मीरगंज पुलले हाल २५ मेट्रिक टन सम्मको मात्र सवारी भार थेग्न सक्छ । त्यसैले मोरङ औद्योगीक करिडोरका लागि भारतबाट कच्चा पदार्थ लिएर नेपाल भित्रले मालवाहक ट्रकहरुले लामो दुरीको वैकल्पीक मार्ग प्रयोग गर्नु पर्ने बाध्यता छ । पुल नबन्दा रानी भन्सारको राजश्व संकलन समेत प्रभावित हुने गरेको छ ।

मध्य वर्षायाममा भासिएको पुल हिउँद सकिन लाग्दा समेत मर्मत हुन सकेको छैन । भारतीय ठेक्केदारहरुका अनुसार मर्मत सुरु भएको दुई महिनामा मात्र पुल संचालनमा आउन सक्छ । तर, अहिलेसम्म काम नै सुरु हुन सकेको छैन । पुल पुरानै अवस्थामा ल्याउन २० वटा पोल मर्मत गर्नुपर्ने भारती ठेक्केदार संजय कुमार बताउँनुहुन्छ ।

भन्सार नजिकैको पुल संचालनमा नआउँदा भारतसँगको आयात नि¥र्यात नै प्रभावित भएको छ । आयात नि¥यात नै प्रभावित हुँदा व्यापार घाटा समेत बढेको उद्योगी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV