११ पुष २०७४, मंगलवार

विराटनगर । ट्रक व्यवसायी संघ विराटनगरको २७औँ साधारणसभाले मेघराज सिग्देलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संघको सोमबार साँझ सम्पन्न साधारणसभाले उपाध्यक्षमा लक्ष्मीप्रसाद पाण्डे, महासचिवमा लोकनाथ पोखरेल, सचिवमा सञ्जीव सिग्देल र कोषाध्यक्षमा हिम्मत गिरिलाई चयन गरेको छ ।

यस्तै सदस्यमा अशोक पोद्धार, निर्मलकुमार खड्गी, दीपक जोशी, एकराज दुलाल, गणेश कार्की, हस्तबहादुर कार्की र अमरबहादुर खड्कालाई निर्वाचित गरेको छ ।

सो अवसरमा जिल्ला समन्वय समिति मोरङका अध्यक्ष नरेश पोखरेलले प्रदेशको आर्थिक विकासका लागि आगामी सरकारले भौतिक पूर्वाधार निर्माणमा जोड दिने बताउनुभयो । संघका नवनिर्वाचित अध्यक्ष सिग्देलले संघको ट्रक बिसौनीलाई व्यवस्थित बनाउने बताउनुभयो । सो अवसरमा मकालु टेलिभिजनका पत्रकार नवीन कर्ण र सन्तोष सिग्देललाई सम्मान गरिएको थियो ।
–––

LIVE TV