११ पुष २०७४, मंगलवार

काठमाडौं । एभरेष्ट प्रिमियर लिग ९ईपीएल० क्रिकेटमा भैरहवा ग्लाडिएटर्सले चितवन टाइगर्समाथि ६ विकेटको जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनायो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनायो । सुरुदेखि नै विकेट गुमाउन थालेको चितवनकाम कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । दिपेन्द्र सिंह ऐरी र योगेन्द्र सिंह कार्कीले समान १५–१५ रन बनाए । शरद भेषावकरले ३ विकेट लिए भने हरिशंकर साह र भुवन कार्कीले २–२ विकेट हात पारे ।

८८ रनको सामान्य लक्ष्य पछ्याएको भैरहवाको पनि सुरुवात राम्रो रहेन । एक रन जोड्दा दुबै ओपनरलाई गुमाएको भैरहवाको स्कोर २२ रन हुँदा तेस्रो विकेटका रुपमा भुपेन्द्र थापा व्यक्तिगत १३ रनमा आउट भए ।

तर, रोहित पौडेल र पुनित मिश्रले चौथो विकेटका लागि ४६ रनको साझेदारी गर्दै जितको आधार बनाए । रोहित व्यक्तिगत २० रनमा आउट भए । तर, थप २० रन जोड्न उसले दुई विकेट गुमायो । पुनित मिश्र ३० रनमा आउट भए भने कप्तान शरद भेषावकरले पनि ८ रन मात्र बनाए । ।

 

LIVE TV