११ पुष २०७४, मंगलवार

सर्लाही । सर्लाहीको बाँके जंगलमा सोमबार बेलुका ट्रकको ठक्करबाट एकजना महिलाको ज्यान गएको छ ।

हरिवनबाट उखु लोड गरेर महोत्तरीको एभरेष्ट चिनी उद्योग रामनगरका लागि छुटेको ना ३ ख ९४९० नम्बरको ट्रकले ठक्कर दिँदा एक महिलाको घटना स्थलमै ज्यान गएको प्रहरी चौकी फूलजोरले जनाएको छ ।

दुर्घटनापछि ट्रक र चालकलाई प्रहरीले पक्राउ गरी लिएर अनुसन्धान गरिरहेको छ । महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा लगिएको छ ।ज्यान गुमाउने महिलाको पहिचान भएको छैन

LIVE TV