११ पुष २०७४, मंगलवार

एजेन्सी । प्रिमियर लिगको बक्सिङ डेको खेल अन्तर्गत आज तालिकाको तेस्रो स्थानमा रहेको चेल्सी ब्राइटनसँग भिड्दै छ । चेल्सीको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार ८।४५ बजे सुरु हुने छ ।

त्यस्तै आज राति लिभरपुलले स्वान्सीको सामना गर्ने छ । लिभरपुलले शुक्रबार आर्सनलसँग ३(३ को बराबरी खेलेको थियो । अंक तालिकाको पुछारमा रहेको स्वान्सी पनि क्रिस्टल प्यालेससँग १(१ को बराबरीम रोकिएको थियो ।

LIVE TV