११ पुष २०७४, मंगलवार

बैतडी । बैतडी सबैभन्दा बढि बाल विवाह हुने पाचैँ जिल्ला हो । तर अबको ५ वर्षमा बैतडी जिल्लालाई बालविवाह मुक्त घोषणा गर्न जिल्ला बासिन्दा सक्रिय भएका छन् ।

यो क्षेत्रमा काम गर्ने संघसंस्थादेखि लिएर विभिन्न समूह, बालक्लब सरोकारवालहरु आआफ्नो ठाउँबाट सक्रिय भएका छन् । बैतडी जिल्ला सबैभन्दा बढी बालविवाह हुने पाँचौँ जिल्ला हो । महिला हिंसाको सुरुवात नै बालविवाह भएकाले यसको अन्त्य गर्न पर्ने युवा सञ्जालका सदस्य सपना रानामगरले बताए।

बालविवाह अन्त्यका लागि बैतडीका शिक्षकहरुले ९ बुँदे घोषणपत्र जारी गरेका छन् ।बैतडी जिल्लालाई अबको ५ वर्ष भित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्ने लक्ष्य अनुसार बालविवाह न्यूनिकरणमा आफूहरुले पनि प्रभावकारी भूमिका खेल्ने शिक्षकहरुले बताएका छन् ।

LIVE TV