११ पुष २०७४, मंगलवार

काठमाडौं । खाना पकाउने बायो ग्यासको व्यावसायिक उत्पादन सुरु गरेको छ । नेपालमै पहिलोपटक इन्भिपावर इनर्जी एन्ड फर्टिलाइजर प्रालिले व्यावसायीक ग्यास उत्पादन सुरु गरेको हो ।

स्थानीयस्तरमा पाइने स्वदेशी कच्चा पदार्थ प्रयोग गरी नवलपरासीको सुक्रौलीमा ग्यास उद्योग सञ्चालन भएको सञ्चालक गरेको हो । गोबर, कुखुराको सुली, भान्छाबाट निस्कने फोहोर, हरियो पातलगायतको प्रयोग गरी ग्यास उत्पादन गरिएको हो ।

उद्योगबाट अहिले दैनिक ८० सिलिन्डर ग्यास उत्पादन भइरहेको छ । १० किलोग्राम तौल रहेको ग्यासको मूल्य करिब ९ सय रुपैयाँ पर्ने जनाइएको छ ।  नवलपरासीको रामग्राम नगरपालिका बन्जरियामा जर्मन प्रविधि प्रयोग गरिएको उद्योग स्थापना गर्न २२ करोड रुपैयाँको लगानी भएको उनले बताए ।

उद्योगले आफ्नो उत्पादन अहिले व्यावसायिक प्रतिष्ठानलाई मात्र बिक्री गरिरहेको छ । ३ महिनादेखि भैरहवामा रहेको वामा तन्दुर्स र केपिएम चाइल्ड सेन्टरको किचनमा ग्यासको परीक्षण गरेको उनले जानकारी दिए ।

LIVE TV