१० पुष २०७४, सोमबार

काठमाडौं । नेपाल न्युरो सर्जन समाजले बेलायतमा उपचार गराइरहेका संस्थाका संस्थापक अध्यक्ष एवं वरिष्ठ न्युरोसर्जन डा।उपेन्द्र देवकोटाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको जनाएको छ ।

डा देवकोटाका बारेमा केही सन्चारमाध्यममा विभिन्न खालका समाचार बाहिर आएपछि समाजले मंगलबार विज्ञप्ति जारी गरी हाल उनको स्वास्थ्य सुधारोन्मुख भएपनि समस्याको अन्तिम निदान भइनसकेको जनाएको हो ।

विभिन्न सन्चारमाध्यममा उनका बारेमा भ्रामक, आधारहीन र काल्पनिक कुराहरु बाहिर आएको भन्दै समाजले सबै सन्चारमाध्यमलाई त्यस्ताखाले समाचार सम्प्रेषण नगरिदिन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV