१० पुष २०७४, सोमबार

बौद्ध धर्माबलम्बीहरुको बाहुल्यता रहेको श्रीलङ्काले पनि ईसाइ धर्माबलम्बीहरुको महान पर्व क्रिशमशको दिन ५२६ जना कैदीलाई आम माफी दिएको छ ।

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले क्रिशमश दिवसको अवसरमा सोमबार ५२६ जना कैदीलाई आम माफी दिनुभएको अधिकारीहरुले बताएका छन् ।

आम माफी पाउनेहरु सामान्य अपराधमा काराबासको सजायँ भोगिरहेका कैदीहरु रहेको यहाँको जेल एक अधिकारीले सिन्ह्वालाई जानकारी दिएका छन् ।

श्रीलङ्कामा कुल जनसंख्याको सात प्रतिशत जनसंख्या मात्रै ईसाइ धर्माबलम्बीहरुको रहेको छ । उनीहरु विषेश गरेर देशको पश्चिमी क्षेत्रमा पर्ने तटीय ठाँउहरुमा उनीहरुको बसोबास गर्छन् ।

श्रीलङ्काले नयाँ बर्ष, राष्ट्रिय स्वतन्त्रता दिवस, बुद्ध धर्माबलम्बीहरुको पर्व भेसाक जस्ता अत्यन्त महत्वपूर्ण दिनको अवसरमा केही कैदीहरुलाई आम माफी दिने गरेकोमा यस पटक क्रिशमसको दिन पनि आम माफी दिएको हो ।

श्रीलङ्काको संविधानले राष्ट्रपतिलाई महत्वपूर्ण दिवस तथा स्थानीय पर्वहरुका अवसरमा कैदीहरुलाई आम माफी दिन पाउने अधिकार दिएको छ ।

LIVE TV