१० पुष २०७४, सोमबार

गाउँपालिकाको कार्यालय तोकिएको ठाउँबाट अन्यत्र सार्ने निर्णय गरिएको भन्दै सायल गाउँपालिकावासीले विरोधका कार्यक्रम कायमै राखेका छन् ।

यसअघि जिल्लामा बसेको पुनरसंरचनासम्बन्धी सर्वदलीय बैठकले गाउँपालिकाको केन्द्र देवरमाडौँ तोके पनि गाउँपालिकाका पदाधिकारीले निर्णय उल्ट्याएकाले स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएको नेकपा (माओवादी केन्द्र)का नेता तेज डुम्रेलले बताउनुभयो ।

सर्वदलीय बैठकले सिफारिस गरेकै ठाउँ सबैलाई पायक पर्ने भएकाले गाउँपालिकाको निर्णय बदर गर्नुपर्ने माग राख्दै स्थानीयवासीले गाउँपालिका–६ मेल्लेकमा पर्ने ग्रामीण सडक शुक्रबारदेखि बन्द गरेका छन् ।

यसअघि जिल्लास्तरीय सर्वदलीय बैठकले गाँउपालिकाको केन्द्र वडा नं ५ देवरमाडाँै तोकेको थियो तर गाउँपालिकाले सर्वदलीय बैठकको निर्णय उल्ट्याउँदै यही पुस ७ गते गाउँपालिकाका पदाधिकारीको बैठक राखेर सो केन्द्र वडा नंं ५ कै दुधुलेगडा भन्ने ठाउँमा तोक्ने निर्णय गरेपछि सो ठाउँका बासिन्दा आन्दोलित बनेका हुन् ।

 

LIVE TV