१० पुष २०७४, सोमबार

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक तर्फको सीट बाँडफाँटको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । केही दिनमै सिट संख्या सार्वजनिक गर्ने आयोगको तयारी रहेको छ ।

आयोगले प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत दलहरुले प्राप्त गरेको मतको आधारमा सीट संख्या बाँडफाँटको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्रतिनिधिसभा समानुपातिक तर्फका दलहरुले प्राप्त गरेको मत अनुसार सीट बाँडफाँट बुधबारसम्म सकिने समानुपातिक निर्वाचन प्रणालीका मुख्य निर्वाचन अधिकृत वेगे्रन्द्रराज शर्मा पौड्यालले जानकारी दिनुभयो । उहाँले बुधबारसम्म सीट बाँडफाँडको काम सकेर आयोगमा निर्णयार्थ पेश गर्नेगरी काम भइरहेको जानकारी दिनुभयो ।

आयोगले यसअघि प्रदेशसभा सदस्य समानुपातिकतर्फको सिट बाँडफाँट गरेर उम्मेद्वारहको नाम पठाउन दलहरुलाई पत्राचार गरिसकेको छ ।

LIVE TV