१० पुष २०७४, सोमबार

काठमाडौ । छैठौं दि एक्सेलसियर कप अन्तर बिद्यालय खेलकुद प्रतियोगिता अन्तरगत बास्केटबलतर्फ आयोजक दि एक्सेलसियर र रेडिअन्टका दुवै टिम सोमावार सेमिफाईनलमा प्रवेश गरेका छन् ।

स्वयम्भू स्थित दि एक्सेलसियरको कोटमा भएको बास्केटबलको सिनियर छात्रातर्फ दि एक्सेलसियरले ग्यालेक्सि पब्लिकलाई १९–१५ को स्कोरमा हराउदा केल्साङ डोल्मा शेर्पाले सर्वाधिक १२ स्कोर गरिन् ।

सिनियर छात्रको क्वाटर फाईनल खेलमा रितेश बस्नेतको महत्वपूर्ण २६ स्कोरको सहयोगमा दि एक्सेलसियरले महामञ्जुश्रीमाथी ४७–१९ को सहज जित निकाल्यो । त्यस्तै जुनियर छात्रको क्वाटरफाईनल खेलमा रेडिअन्टले महामञ्जुश्रीलाई ३५–२१ को स्कोरमा हराउदा प्रस्तुत पौडेलले सर्वाधिक ११ स्कोरको योगदान दिए ।

सिनियर छात्रको क्वाटर फाईनल खेलमा रेडिअन्टले अरुणदयलाई ४७–७ को फराकिलो अन्तरले हरायो । रेडिअन्टको जितमा नायक बनेका सुजन थपलियाले सर्वाधिक २० स्कोर गरे । त्यस्तै छात्रा बास्केटबलको क्वाटर फाईनमा स्किब्सले स्वर्णिम २०–१६ तथा टिआईएले रुपिजलाई २२–१२ को स्कोरमा हराउदै सेमिफाईनलमा स्थान सुरक्षित गरे । स्किब्सको जितमा देब्यानी केसीले ७ स्कोर गर्दा टिआईएको जितमा रिन्छेन मुत्तानले ८ स्कोरको योगदान दिएकी थिईन् ।

आयोजक दि एक्सेलसियरको आटिफिसियल खेल मैदानमा भएको जुनियर छात्र फाइभ ए साईट फुटबलमा दि एक्सेलसियरले न्युजेनितलाई ४–२ को स्कोरमा हराउदै क्वाटर फाईनलमा स्थान बनायो ।

सिनियर छात्र फाइभ ए साइट फुटबलमा राजन मेमोरियल र माउण्टग्लोरीले सफलता हात पार्दा आयोजक हरियो र एम्सले गोल रहित बराबरी खेलेका छन् । राजन मेमोरियलले शिशुनिकुञ्जलाई ३–१ ले हराउदा माउण्टग्लोरीले काब्यलाई ५–४ गोल अन्तरले स्तब्ध बनायो ।

 

LIVE TV